प्रचण्ड–माधवले सम्बोधन गर्ने पोखराको सभास्थलमा व्यापारीको विरोध
सारांश
- नेकपाले पोखराको मानवअधिकार चोकमा गर्न लागेको सभामा व्यापारीहरूले विरोध जनाएका छन्।
- व्यापारीहरूले व्यापारमा असर परेको भन्दै पर्चा र पम्प्लेटसहित विरोध जनाएका हुन्।
- व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गर्दै कार्यक्रम रोक्न माग गरेका छन्।
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् । नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका थिए ।
गरी खान देऊ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् । पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरे । ‘सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन,’ उनले भने, ‘अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ ।’
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् । ‘केही रकमको भरमा सडक बेचिँदैछ । आजदेखि नै यस्तो कार्यक्रम बन्द होस् । ४ घण्टा बन्द गरेर व्यवसायमा कति नोक्सान हुन्छ ?,’ उनी भन्छन् । व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।

यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको सुनारले बताए । सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् । व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो ।
कार्यक्रमको विरोधमा व्यवसायीहरूले आफ्नो व्यवसायको सटर तानेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण