पर्यटकीय राजधानीमा ‘आइटी हब’को कन्सेप्ट, आईएनजीले फिस्टेल माउण्टेन खोल्दै
पोखरा । पर्यटकीय राजधानी पोखरालाई सूचना प्रविधि (आइटी)को हबका रूपमा विकास गर्ने गरी इनोभेटिभ नेपाल ग्रुप (आईएनजी)ले अन्तर्राष्ट्रिय मापदण्डको कलेज सञ्चालन गर्ने भएको छ ।
पोखरा १७ मुस्ताङचोकमा फिस्टेल माउन्टेन कलेज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । यसले पोखरालाई प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरु हुने दाबी कम्पनीको छ ।
‘पोखराको नवयुग’ नाराका साथ सार्वजनिक कलेजले बेलायतको प्रतिष्ठित ‘उल्भरह्याम्पटन विश्वविद्यालय’ सँग सम्बन्धन लिएको छ । काठमाडौँमा स्थापित हेराल्ड कलेज र इस्लिङ्टन कलेजमार्फत पढाउँदै आएको आईएनजीले पोखरालाई दोस्रो घरका रूपमा स्थापित गर्न लागेको हो ।
पोखराका विद्यार्थीलाई घरमै बसेर बेलायती डिग्री हासिल गर्ने अवसर दिन आफूहरु तल्लिन रहेको कम्पनीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी बताउँछन् । कलेजमा कम्प्युटर साइन्स र साइबर सेक्युरिटी विषयमा स्नातक तहको पढाइ हुनेछ । करिब ८ लाख रुपैयाँ शुल्क तोकिएको तीन वर्षे कोर्समा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ, बिग डाटा र क्लाउड कम्प्युटिङजस्ता अत्याधुनिक विषयहरू समेटिएका उनले बताए ।
विश्वभर उत्कृष्ट बजार भएपनि नेपालमा आइटीका दक्ष जनशक्ति नभएको उनी बताउँछन् । कलेजले दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीको ग्यारेण्टी पनि गरेको छ । ‘हाम्रो ध्यान जनशक्ति उत्पादन मात्रै होइन । उनीहरूलाई स्वदेशमै टिकाउने गरी रोजगारीको ग्यारेण्टी पनि गर्छौं,’ उनले भने, ‘विश्वभर आइटीको मार्केट राम्रो छ । तर नेपालमा आवश्यक संख्यामा जनशक्ति छैनन् । त्यसैले पढ्दै काम गर्ने वातावरण मिलाउन आईएनजी सक्रिय छ ।’

आइएनजीले यसअघि विभिन्न मोडलहरुको अभ्यास गरिसकेको छ । चितवनबाट १२ जना विपन्न विद्यार्थीलाई ल्याएर छात्रवृत्तिमा पढाएपछि आकर्षक तलबमा रोजगारी पनि दिएको छ । सोही मोडललाई थप विस्तार गरे धेरै युवाहरूलाई देशमा रोक्न सकिने बुढाथोकी बताउँछन् । ‘हाम्रो देशको हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । आइटीमा त झन् समस्या छ,’ उनले भने, ‘आजको दिनमा सबैभन्दा धेरै आइटी जनशक्ति उत्पादन गर्ने कम्पनी हाम्रो हो । यसलाई अझै व्यापक बनाउनुपर्ने छ ।’ काठमाडौँ र विराटनगरमा केन्द्रित आईएनजी अब पोखरामा प्रवेश गर्न लागेको हो ।
आईएनजीले ८ वटा टेक कम्पनी र २० भन्दा बढी प्रडक्ट सार्वजनिक गरिसकेको छ । साइबर सुरक्षा कम्पनी ‘भैरव टेक’ ले भर्खरै सम्पन्न पेरिस ओलम्पिक्स २०२४ मा साइबर सुरक्षा दिएको थियो । टोयोटा र सिमेन्सजस्ता विश्वप्रसिद्ध कम्पनीहरूलाई नेपालबाटै आईटी सेवा प्रदान गरिरहेको बुढाथोकी बताउँछन् ।
पछिल्लो समय युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा कलेजले ‘ब्रेन ड्रेन’ रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ । आईएनजीका कलेजहरूबाट उत्पादित जनशक्तिमध्ये ८२ प्रतिशतभन्दा बढीले ग्राजुएसन लगत्तै रोजगारी पाउने सोही कम्पनीका हाइअर कलेजका सिइओ प्रकाश श्रेष्ठ बताउँछन् ।
आगामी ५ वर्षभित्र ५ हजारभन्दा बढी दक्ष आईटी जनशक्ति उत्पादन गर्ने र उनीहरूलाई नेपालमै सम्मानजनक आम्दानीसहितको रोजगारी दिने लक्ष्य राखिएको उनले बताए । कलेजले नयाँ लोगो अनावरण गर्दै आगामी शैक्षिक सत्रदेखि नै भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण