भीम रावलको जिब्रो चिप्लिएपछि...
पोखरा । पोखरास्थित एकता सन्देश सभामा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको भाषणले त्यहाँ उपस्थित सबै गलल्ल हाँसे ।
आगामी निर्वाचनमा नेकपा (एमाले)लाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने उनले बताएका थिए । सम्बोधन सक्ने क्रममा उनले 'आगामी निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने' भन्नुपर्नेमा नेकपा एमाले भनेका हुन् ।
उनले भनेका, ‘यो पोखराको चिप्लेढुंगामा म धेरै वर्षपछि तपाईंहरूको बिचमा उपस्थित हुन पाउँदा, जुन मैले धनगढीमा, लमहीमा, आज यत्रो विशाल जनसभा देखेँ, मलाई पूरा विश्वास छ, आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई, नेकपा एमालेको यात्रालाई कसैले रोक्न छेक्न सक्ने छैन ।’
भलै रावलले आफ्नो सम्बोधन सच्याए । अनि 'नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न, छेक्न नसक्ने' बताए ।
सम्बोधनका क्रममा उनले पूरैजसो समय ओलीको विरोधमा खर्चिएका थिए । ओलीको दम्भ र अहंकारले कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याएको उनको आरोप थियो । एमाले नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीको कार्यशैलीका कारण देश र कम्युनिस्ट आन्दोलन खरानी भएको टिप्पणी गरेका थिए ।
उनले भने, ‘तपाईंको (ओली) यही चाला, यही दम्भ, यही अहंकार, यही कुशासन हो भने अबको निर्वाचन मिसन होइन, पतन हुनेवाला छ । प्रतीक्षा गर्नुहोस् ।’
उनले ओलीलाई संकटका बेला भाग्ने ‘नालायक कमान्डर’को संज्ञा दिए ।
‘बालुवाटारको त्यो भवनमा सुरक्षाकर्मीहरूलाई पद छोड्दै छोड्दिनँ भनेर उहाँ अडिरहनुभयो । जब त्यो ढोका खुलेर त्यहाँ आगो सल्किन थाल्यो, हेलिकप्टर चढेर उहाँ भाग्नुभयो,' रावलले भने, 'एउटा देशको प्रधानमन्त्री, आफू खरानी हुन सक्छ तर देशलाई खरानी हुनबाट जोगाउँछ । जोगायो त ?’
यसअघि २०७९ वैशाखमा नेकपा एमालेबाट विद्रोह गरेर नेकपमा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालले पनि ललितपुरस्थित एक कार्यक्रममा नेकपा एमालेका लागि भोट मागेका थिए ।
नेपालले एमालेको लुभूमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीको चुनाव चिह्नमा भोट माग्नुपर्नेमा जिब्रो चिप्ल्याएका थिए । तर बिचैमा कार्यकर्ताले रोकेपछि उनले माफी माग्दै 'सूर्य'लाई अस्वीकार गरेर 'कलम' मा भोट हाल्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण