एमाले महाधिवेशन प्रतिनिधि : तनहुँ-२ मा सर्वसम्मत
सारांश
- एमाले महाधिवेशनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिहरू सर्वसम्मत चयन भए ।
- खुल्लामा श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल लगायत सर्वसम्मत भए ।
- क्षेत्र नं १ मा भने सहमति नहुँदा मतदान भएको छ ।
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशनका लागि तनहुँ क्षेत्र नं २ बाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत क्षेत्र नं २ बाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका हुन् ।
सर्वसम्मत हुनेमा खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, महिलातर्फ बिर्सना श्रेष्ठ, विष्णु अधिकारी र ४० वर्षमुनीका युवामा उज्ज्वल खनाल छन् भने निर्वाचन प्रबन्ध समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।
तनहुँ क्षेत्र नं १ मा भने सहमति हुन नसकेपछि मतदान गरिएको छ । तनहुँ क्षेत्र नं १ तर्फ दुई जना खुल्लामा हरिराज कँडेल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पूर्णबहादुर गुरुङ र प्रेमकुमार राना प्रतिस्पर्धामा छन् ।
एकजना युवाका लागि मदन तिमिल्सिना, सोमबहादुर तामाङ र सरु कुमाल प्रतिस्पर्धामा छन् । दुई जना महिलाका लागि मनुमाया श्रेष्ठ, देवु विष्ट, रुपा तामाङ र फूलमति थापा प्रतिस्पर्धामा छन् । मतदान सकिएपछि शनिबार रातिदेखि मतगणना गरिए पनि राति १२ बजेदेखि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण