एकता प्रक्रियामा जोडिएकालाई नक्खुबाट रविको तीन सन्देश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले नक्खु कारागारबाट एकता प्रक्रियामा जोडिएका विवेकशील साझा पक्षलाई तीन वटा सन्देश पठाएका छन् ।
आइतबार विवेकशील साझाबाट रास्वपासँग एकता प्रक्रियामा जोडिएका नेता तथा कार्यकर्तालाई उनले सन्देश पठाएका हुन् । कार्यक्रममा उपसभापति तथा राजनीतिक सम्वाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले रविको सन्देश वाचन गरेका थिए ।
‘सभापति रवि लामिछानेजीले एकता प्रक्रियामा आउनुभएका साथीहरूलाई तीनवटा सन्देश पठाउनुभएको छ । पहिलो यहाँ आज एकतामा जोडिनुभएका सम्पूर्ण साथीहरू, विवेकशील साझाका साथीहरू न्यानो स्वागत छ । दोस्रो हिजोसम्म हामी पाउना थियौँ होला । आजदेखि हामी एउटै परिवार भएका छौँ । यो सुनाइदिनुहोला,’ उनले भने ।
अर्को, केही समय कुलिङ पिरियडमा बसेर विश्राम लिनसमेत आग्रह गरिएको वाग्लेले जानकारी दिए ।
‘उहाँले दुवै पक्षलाई आग्रह गरेर केही समय विश्राम गर्नुहोस् । कुलिङ पिरियड आवश्यक छ । मिडिलाई हेडलाइन चाहिन्छ । सनसनीपूर्ण संसारमा छौँ । टीआरपी भनेका छन् । मिडिया बाइट भनेका छन् । भ्यूज भनेका छन् । त्यतातिर नलाग्न रविजीको विशेष आग्रह छ,’ वाग्लेले भने, ‘मिडियामा तानेर एउटा बोलाइदिने, चिप्ल्याइदिने, त्यसलैलाई ट्रोल बनाइदिने र हेडलाइन बनाइदिने गर्छन् । यसले हाम्रो जुन विराट महान् उद्देश्य छ, त्यसलाई डिस्ट्रयाक्सन गर्नतिर जान्छ । यो मिडियाको फ्रेन्जीमा नतानिन हुन आग्रह गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण