कर्णालीविरुद्ध काठमान्डु पाँच विकेटले विजयी
काठमाडौँ । कर्णाली याक्समाथि काठमान्डु गुर्खाजले सिद्धार्थ प्रिमियर लिग (एनपीएल) मा चौथो जित निकालेको छ ।
आइतबार कीर्तिपुरस्थित मैदानमा आफ्नो छैटौँ खेलमा काठमान्डुले कर्णालीलाई ५ विकेटले हराएको हो । पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याएको काठमान्डुले ५ विकेटको क्षतिमा १२ बल बाँकी छँदै १५५ रन बनायो ।
काठमान्डुलाई जिताउन गेरार्ड इरामसले ३३ बलमा ४३ रनको पारी खेले । जोन सिम्सनले २१ बलमा विस्फोटक ब्याटिङ गरे । त्यस्तै ब्रेन चार्ल्सवर्थले पनि २१ बलमा ३४ रनको योगदान दिए । यसअघि ब्याटिङ गरेको कर्णालीले गुल्सन झाको ४९ रनको मद्दतमा १४९ रनको योगफल तयार पारेको थियो । त्यस्तै पवन सर्राफले २९ रनमा ३५ रन बनाएका थिए भने मार्क वाट्ले २७ बलमा ३० रन जोडेका थिए ।
आजको काठमान्डुलाई जिताउन रासिद खानले दुई विकेट लिए भने करन केसीले, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट लिए । त्यस्तै कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिएका थिए ।
आजको जितसँगै कर्णाली ८ अंक बनाएर दोस्रो अंकमा उक्लेको छ । विराटनगरको पनि आठ अंक भए पनि ऊ तेस्रो स्थानमा छ, यद्यपि विराटनगरले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण