मोरङबाट ओली र पोखरेलका बराबरी प्रतिनिधि चयन, कहाँबाट को चुनिए ?
विराटनगर । नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि मोरङ जिल्लाबाट ४६ जना प्रतिनिधिहरूको चयन सकिएको छ ।
सार्वजनिक मतपरिणाम अनुसार मोरङमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल पक्षबिच कडा टक्कर देखिएको छ । दुवै पक्षका करिब आधा–आधा प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । यद्यपि दुवै पक्षले कतिपय तटस्थ मतलाई पनि आफूतिर रहेको र आफ्नो समूह नै बलियो रहेको बताएका छन् ।
एमालेको गत जिल्ला अधिवेशनमा अध्यक्ष ओली पक्ष कमजोर देखिएको मोरङमा, यसपटक महाधिवेशन प्रतिनिधि चयनमा भने उक्त पक्षले बलियो पुनरागमन गरेको छ ।
जिल्लामा पोखरेल पक्षको नेतृत्व विनोद ढकालले गरेका थिए भने ओली पक्षको नेतृत्व केन्द्रीय सदस्य जीवन घिमिरे तथा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सम्हालेका थिए । कतिपय प्रतिनिधिहरू दुवै पक्षको समर्थनमा निर्वाचित भएकाले दुवै समूहले आफ्नो बहुमत रहेको दाबी गरेका छन् ।
क्षेत्र नं १ मा ओली पक्षको वर्चस्व कायम भएको छ । यस क्षेत्रबाट डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई निर्वाचित भएका छन् । निर्वाचितमध्ये मेनु पाण्डे पोखरेल पक्षधर हुन् । यद्यपि उनलाई ओली पक्षको पनि समर्थन थियो । अन्य सबै ओली पक्षका हुन् ।
क्षेत्र नं २ मा ऋषिकेश पोखरेल, लिलाबल्लभ अधिकारी, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर, रामजना अधिकारी र गीतादेवी बानियाँ कार्की निर्वाचित भएका छन् । लीलाबल्लभ अधिकारी, गीतादेवी कार्की र रामजना अधिकारी पोखरेल पक्षका मानिन्छन् । यद्यपि, लिलाबल्लभ अधिकारीलाई दुवै पक्षले आफ्नो दाबी गरेका छन् ।
क्षेत्र नम्बर ३ बाट ९ जना प्रतिनिधि चुनिएका छन् । इरन राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, भुपाल श्रेष्ठ र निरजकुमार ढकाल पोखरेल पक्षबाट निर्वाचित हुँदा राजकुमार ओझा, धनमाया तामाङ, सीता तामाङ र यमुना विष्ट ओली पक्षबाट निर्वाचित भएका छन् ।
क्षेत्र नं ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे, राम पोखरेल र महेश भट्टराई निर्वाचित भएका छन् । महेश भट्टराईबाहेक अन्यलाई ओली पक्षको मानिएको छ । गुणावती धामी पोखरेल पक्षको भए पनि उनलाई दुवै पक्षको समर्थन रहेको बताइएको छ ।
क्षेत्र नं ५ बाट निर्वाचित ६ जनामध्ये दिलिप बगडिया र शान्त डंगोल ओली पक्षका हुन् भने ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो अमित आजाद पोखरेल पक्षका हुन् । निर्वाचित सांसदसमेत रहेका बगडियाले भने आफूलाई कुनै गुटमा नराख्ने बताएका छन् ।
क्षेत्र नं ६ मा पोखरेल पक्षले एकछत्र नतिजा निकालेको छ । विनोदप्रसाद ढकाल, रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे गरी सातै जना प्रतिनिधि पोखरेल समूहबाट निर्वाचित भएका छन् । दलित कोटाबाट निर्वाचित ३ जनामध्ये २ जना किशोर विश्वकर्मा र रिंकु परियार ओली पक्षका छन् भने १ जना खेम नेपाली पोखरेल पक्षबाट निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण