एनआरएनएलाई अब विभाजनमुक्त राख्नुपर्छ : उपाध्यक्ष शेरचन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रबिन शेरचनले संस्थालाई अबका दिनमा विभाजनमुक्त राख्न नेतृत्वलाई आग्रह गरेका छन्।
आइतबार संघको बृहत् एकता घोषणापछि आयोजित कार्यक्रममा बोल्दै उनले विगत चार वर्षको विग्रहप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अब संस्था एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।
शेरचनले प्रधानमन्त्री कार्यालयमा डा. बद्री केसी र महेशकुमार श्रेष्ठ समूहबीच भएको सहमतिलाई 'ऐतिहासिक दिन' को संज्ञा दिए। उनले भने, 'प्रधानमन्त्री कार्यालयमा भएको सहमतिपत्रमा दुई पक्षबाट हस्ताक्षर भएपछि विश्वभरका ८० लाख गैरआवासीय नेपालीहरू अत्यन्तै खुसी भएका छन्। यो एकता सबैलाई एकै सूत्रमा बाँध्ने महत्त्वपूर्ण सन्देश हो।'
दशौँ र ११औँ महाधिवेशनपछि करिब चार वर्षसम्म आन्तरिक कलहका कारण संस्थाले धेरै महत्त्वपूर्ण काम गर्न नसकेको यथार्थ शेरचनले स्वीकार गरे। 'साथीभाइको मन नमिलेका कारण संस्थाले बोकेका धेरै मुद्दाहरू कार्यान्वयन गर्न सकिएन,' उनले भने, 'अब ऐतिहासिक एकता प्राप्त भइसकेपछि संस्थालाई पुनः विभाजन गरेर वा संस्थाले गर्नुपर्ने कामहरूलाई ओझेलमा राखेर नेतृत्व अघि बढ्न हुँदैन।'
उपाध्यक्ष शेरचनले संस्थाको नेतृत्व लिने व्यक्तिले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। 'नेतृत्वले अब सही ढंगले संस्थालाई हाँक्न सक्नुपर्छ भन्ने विश्वास लिएको छु,' उनले भने।
जापानमा रहेर पनि शेरचनले एकताका लागि निरन्तर दबाब दिँदै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण