घरमा लुकाएर राखिएको भरुवा बन्दुक बरामद
आइतबार, १४ मङ्सिर २०८२, २१ : ५२
बुटवल । पाल्पाको तानसेन नगरपालिका–१३, बौघागुम्हामा घरमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ ।
बौघागुम्हाका ६४ वर्षीय सालिकराम रेश्मीको घरबाट भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्राप्त सूचनाका आधारमा खानतलासी गर्दा बन्दुक फेला परेको पाल्पामा प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । रेश्मी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण