राम्रो खेल्दा पनि नतिजामा चुक्यौँ : गुल्सन झा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमान्डू गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ । यो जितले आठ अङ्क जोडेको काठमान्डूले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली भने प्लेअफबाट बाहिरिने सङ्घारमा पुगेको छ ।
आजको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रै खेल्दा पनि नतिजामा चुक्नु परेको बताए ।
‘राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको छ’, उनले भने, ‘सबैले राम्रो खेलिरहेका छौँ । तर नतिजा हाम्रो पक्षमा ल्याउन सकिरहेका छैनौँ ।’ अब खेल्न बाँकी रहेका दुई खेल जित्ने र अझै पनि प्लेअफ पुग्ने लक्ष्य रहेको झाको भनाइ थियो ।
यस्तै काठमान्डू गोर्खाजको जितमा प्लेयर अफ दी म्याच भएका जेरार्ड इरासमसले आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको बताए ।
‘आजको पिच ब्याटिङ गर्न राम्रो रहेको थियो । जसमा मैले राम्रो इनिङ खेले, धेरै खुसी लागेको छ’, उनले भने । एनपिएलको जारी सिजनमा यो नै आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई आफूले याद गरिराख्ने इरासमसको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण