कांग्रेस बैठक बस्दै, पुसमा नियमित महाधिवेशन गर्न संस्थापनको सर्त
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ।
- महाधिवेशनको विषयमा विवादका कारण बैठक पटक-पटक सर्दै आएको छ।
- संस्थापन समूहले विशेष महाधिवेशनको माग फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक-पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो ।
कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका हुन् ।
भेटमा देउवाले पुसमा १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने बताएका थिए । त्यसको जवाफमा केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त अघि सारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण