ट्रम्पले लामो समयसम्म शरणार्थी प्रणाली रोक्न सक्ने
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी प्रक्रियालाई रोक्न चाहेको बताएका छन्।
- ह्वाइट हाउस नजिकै गोली चलाउने अफगानी नागरिकले अमेरिकाको लागि खतरा निम्त्याउने उनको भनाइ छ।
- ह्वाइट हाउस नजिकै नेशनल गार्डको हत्या आरोपमा अफगानी आप्रवासी पक्राउ परेका छन्।
वासिङ्ग्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी प्रक्रियालाई लामो समयसम्म रोक्न चाहेको बताएका छन् ।
छिर्न दिनै नहुने धेरै मानिसहरू देशमा प्रवेश गरिरहेको उनले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै बताए ।
त्यस्ता मानिसहरूले अमेरिकाको लागि खतरा निम्त्याउने उनको भनाइ छ । हालै ह्वाइट हाउस नजिकै गोली चलाउने अफगानी नागरिकतर्फ औल्याउँदै उनले यस्तो बताएका हुन् । "हामी अमेरिकामा त्यस्ता मानिसहरू चाहँदैनौं। तिनीहरूमध्ये धेरैको अवस्था राम्रो छैन। हामीलाई पहिले नै पर्याप्त समस्याहरू छन्।" उनले भने।
ह्वाइट हाउस नजिकै राष्ट्रिय गार्डको हत्या गरेको आरोपमा अफगानी आप्रवासी गिरफ्तारीमा परेका छन् । बुधबारको आक्रमणमा नेशनल गार्ड सारा बेकस्ट्रोमको मृत्यु भएको थियो । अर्का गार्ड एन्ड्रयू वोल्फ गम्भीर घाइते छन् । यस घटनापछि, ट्रम्प प्रशासनले स्क्रिनिङ नियम र सुरक्षा प्रक्रियाहरूलाई थप कडा बनाउने निर्णय गरेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण