मौद्रिक नीति
संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकको राहत
सोमबार, १५ मङ्सिर २०८२, ११ : ०३
सारांश
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ ।
- राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दै संस्थागत मुद्दती निक्षेपको ब्याजदरसम्बन्धी व्यवस्था खारेज गरेको छ।
- नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी ब्याज दिन सकिनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत दिएको हो ।
मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत खारेज गरेको व्यवस्थाले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बढी दिने पाउने भएका छन् ।
हाल संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्नुपर्ने व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण