बैंकहरुमा निक्षेप थुप्रिँदा कर्जा प्रवाह सुस्त, निजी क्षेत्रमा जाने कर्जा प्रवाह १.५ प्रतिशतले वृद्धि
सारांश
- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सुस्त देखिएको छ।
- बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन बढे पनि निजी क्षेत्रमा जाने कर्जा प्रवाह खुम्चिएको छ।
- पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सुस्त देखिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो त्रैमासिक तथ्याङ्कअनुसार २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सुस्त देखिएको हो ।
राष्ट्र बैंकका अनुसार बैंकहरूमा निक्षेप सङ्कलनको गति बढे पनि कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा सुस्त देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.० प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । गत वर्ष निक्षेप परिचालन वृद्धि २.६ प्रतिशत थियो।
तर, निजी क्षेत्रमा जाने कर्जा प्रवाह भने खुम्चिएको छ । अघिल्लो वर्ष २.५ प्रतिशतले बढेको कर्जा प्रवाह यस वर्षको सोही अवधिमा १.५ प्रतिशतले मात्र बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (निष्क्रिय कर्जा) मा वृद्धि भएको छ । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ४.४२ प्रतिशत मात्र थियो।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट ठुलो मात्रामा तरलता प्रशोचन गरिरहेको छ । पहिलो त्रैमासमा खुला बजार कारोबारमार्फत कुल १३० खर्ब ७५ अर्ब ९५ करोड प्रशोचन गरिएको छ ।
जसमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३ खर्ब ६१ अर्ब ३० करोड तानिएको छ । अघिल्लो वर्ष सोही अवधिमा ७८ खर्ब ३३ अर्ब ४० करोड मात्र प्रशोचन गरिएको थियो।
त्यस्तै, विदेशी मुद्रा खरिदमार्फत केन्द्रीय बैंकले बजारमा २६२ अर्ब १४ करोड खुद तरलता पठाएको छ । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्रा प्रदाय १२.२ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १३.३ प्रतिशतको तुलनामा केही कम हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण