फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्समा देखिए बले
सारांश
- कमेडियन सागर लम्साल 'बले' को मुख्य भूमिका रहेको फिल्म 'डल्लेले इन्ट्री मार्यो' चैत २७ गतेबाट प्रदर्शन हुँदैछ।
- फिल्मको फर्स्ट लुक्समा सागर लम्साललाई चुरोट तान्दै गरेको दृश्य देखाइएको छ, जसले युवा पुस्तामा कुलतप्रतिको सन्देश दिने अनुमान छ।
- राजु गिरी निर्देशित फिल्ममा रोशनी खड्का, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ, र यसको छायांकन कास्की र काठमाडौँमा भएको छ।
काठमाडौँ । कमेडियन सागर लम्साल ‘बले’ को मुख्य भूमिका रहेको फिल्म हो ‘डल्लेले इन्ट्री मार्यो’ । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फर्स्ट लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण टिमले सोमबार सार्वजनिक गरेको फस्ट लुक्समा अभिनेता लम्साललाई देख्न सकिन्छ । उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन् । कतै–कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ ।
पोस्टरबाट फिल्म मार्फत युवा पुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ । अधिकांश छायाङ्कन कास्कीको याङ्जाकोटमा भएको फिल्ममा काठमाडौँको गागलफेदीको दृश्य पनि छन् । राजु गिरी निर्देशित फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन् ।
फिल्ममा सागर अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलास रावत, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधव खनाल, सुस्मा केसी र नवराज गिरि लगायतका कलाकारको अभिनय छ । निर्देशक राजु गिरी स्वयंले पनि फिल्ममा अभिनय गरेका छन् । बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन् ।
फिल्मको छायाङ्कन श्याम तामाङ, कथा उमेश कुमार बस्नेत र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन् । उषा फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेसनल सिने ग्रुपले जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण