राजनीति
केन्द्रीय समितिअघि खड्काले बोलाए पदाधिकारी बैठक
सोमबार, १५ मङ्सिर २०८२, १२ : १९
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन्।
- बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ, जसमा १५औँ महाधिवेशनबारे प्रस्ताव पेश हुनेछ।
- पदाधिकारी बैठकपछि केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले मध्यान्ह पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेस गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन् ।
पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण