बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

भ्रष्टाचारविरुद्ध अभियान कार्यदलको पहिलो बैठकले के–के गर्‍याे निर्णय ?

सोमबार, १५ मङ्सिर २०८२, १५ : ५९
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरुद्ध अभियान चलाउन कार्यदल गठन गरेको छ।
  • कार्यदलले अभियानको कार्यादेश (टिओआर) बनाउने र १५ सदस्यीय बनाउने निर्णय गरेको छ।
  • जिएस गुरुङको नेतृत्वमा गठित कार्यदलले विभिन्न तहमा अभियान चलाउने योजना बनाएको छ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) अन्तर्गत भ्रष्टाचारविरुद्ध अभियान कार्यदलको पहिलो बैठक बसेको छ । तीनकुने सुविधानगरमा सोमबार बसेको बैठकले कार्यादेश(टिओआर) बनाएर अभियान चलाउने निर्णय भएको कार्यदलका सदस्य जटिल कार्कीले जानकारी दिए ।

बैठकले सात सदस्यीय कार्यदललाई अध्यक्ष परिषद्को अनुमति लिएर विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय भएको कार्कीले बताए ।

‘बैठकले भ्रष्टाचारविरुद्ध कार्यादेश(टिओआर) बनाउने निर्णय भएको छ । कार्यदललाई अध्यक्ष परिषद्को अनुमति लिएर विस्तार गरी १५ सदस्यीय बनाइनेछ । दुई/तीन दिनमा बैठक बसेर पूर्णता दिइनेछ’, उनले भने ।

कार्यादेशमा कुन कुन तहसम्म अभियान चलाउने ? मोडालिटी कस्तो बनाउने ? केन्द्रले के गर्ने ? प्रदेशले के गर्ने ? स्थानीय तहले के–के गर्ने भन्ने विषय समेटिनेछ ।

प्रलोपाको मंसिर १३ गते बसेको अध्यक्ष परिषद् बैठकले जिएस गुरुङको संयोकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा कार्की, सम्झना राई, मञ्जु मिक्चान, दिपक महतो र ध्रुवप्रसाद पराजुली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप