बेमौसमी वर्षाको वितण्डाः २७० हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत
काठमाडौँ । गत असोजको अन्तिम साता परेको बेमौसमी वर्षाले देशभर २७० हेक्टर कृषियोग्य भूमि बगरमा परिणत भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार असोज अन्तिम साता परेको बेमौसमी वर्षाले कृषि उपजमा मात्र नभई खेतीयोग्य जमिनमा समेत दीर्घकालीन असर पुर्याएको हो ।
प्रतिवेदनले औँल्याएअनुसार बाढी, पहिरो, डुबान र कटानका कारण देशका विभिन्न स्थानमा कुल २६९.६८ हेक्टर कृषि जमिन पूर्ण रूपमा क्षति भएको छ । यसबाट किसानले ३ करोड ७१ लाख १७ हजार २ सय ५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।
प्रतिवेदनको तथ्यांक अनुसार जमिनको क्षति मुख्यतया कोशी र लुम्बिनी प्रदेशमा केन्द्रित देखिएको छ । कोशी प्रदेशका पहाडी जिल्लाहरू तेह्रथुम, धनकुटा र भोजपुरमा पहिरो र भू–क्षयका कारण जमिनमा क्षति पुगेको छ भने झापामा पनि असर देखिएको छ ।
आर्थिक रूपमा सबैभन्दा बढी नोक्सानी धनकुटा जिल्लामा भएको छ । जहाँ ६७.६५ हेक्टर जमिन नष्ट हुँदा करिब २ करोड ६५ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै भोजपुरमा ३८.८२ हेक्टर र तेह्रथुममा २.४ हेक्टर जमिनमा क्षति पुगेको विवरण प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा बाढीको उच्च प्रभाव देखिएको छ । बर्दियामा मात्रै १५४.५ हेक्टर जमिन प्रभावित भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्रमा १४.७ हेक्टर डुबान र ७.५ हेक्टर जमिन नदी कटानमा परेको छ । बर्दियामा भएको जमिन क्षतिको आर्थिक मूल्यांकन ६१ लाख रुपैयाँ गरिएको छ । स्थानीय तहको सिफारिस र स्थलगत अनुगमनका आधारमा तयार पारिएको यो प्रतिवेदनले तराईका जिल्लाहरूमा नदीले जमिन कटान गर्ने र बालुवा थुपार्ने तथा पहाडी जिल्लामा पहिरोले खेत बगाउने समस्या मुख्य चुनौतीका रूपमा देखाएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण