कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको अनुमति
काठमाडौँ । कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको १०० रुपैयाँ अंकित मूल्य भएको ३५ लाख कित्ता अविमोच्य असञ्चित अग्राधिकार शेयर निष्कासनको अनुमति प्रदान गरेको हो ।
बैंकको १८औं वार्षिक साधारणसभाले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृति लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेस गरेको थियो । उक्त प्रस्तावलाई बोर्डले उक्त स्वीकृति प्रदान गरेको हो ।
उक्त शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्ने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरूलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको रूपमा सर्कुलर मार्फत अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्न बाटो खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण