पुस २५ देखि राष्ट्रिय लिग गर्ने एन्फाको निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपत्कालीन बैठकले राष्ट्रिय लिग फुटबल पुस २५ गतेदेखि गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङको अध्यक्षतामा सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले राष्ट्रिय लिग गरेको एक महिनापछि ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताका लागि संघको विधानअनुसारका क्लबका साथै इच्छुक सबै ‘ए’ डिभिजन क्लबहरूलाई टिम दर्ताका लागि खुल्ला गर्ने एन्फाले योजना बनाएको छ ।
राष्ट्रिय लिगको आगामी एक वर्ष र सहिद स्मारक ‘ए’ डिभिजन लिगको आगामी पाँच वर्षको लागि मार्केटिङ, टिकटिंग, ब्रोडकास्टिङ र डिजिटल अधिकारको बोलपत्र आह्वान पनि पर्ने एन्फाले जानकारी दिएको छ ।
एन्फाले राष्ट्रिय महिला नकाउट प्रतियोगिता उदयपुर जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको छ । सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोक्ने निर्णय बैठकले गरेको छ ।
एन्फा कार्यसमिति बैठकले फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल र धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गर्ने निर्णय गरेको हो ।
एएफसी इनेबल पिच कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गरिनेछ ।
एएफसीको इन्यान्स कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकमा खेलाडी ड्रेसिङ रुम, शौचालय, अफिससहित प्यारापिट निर्माणका लागि जगदम्बा मोक्तान जेभीलाई १ करोड २६ लाख ४८ हजार ८ सय १५ रुपैयाँको ठेक्का दिने निर्णय एन्फाले गरेको छ ।
साफ महिला यु–१९ प्रतियोगिता यही फागुन महिनामा पोखरामा आयोजना गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण