नेपाल प्रिमियर लिग
अर्धशतक बनाएर आउट भए अर्जुन
मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : ४१
सारांश
- चितवन राइनोजका अर्जुन साउदले एनपीएल टी-ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाए।
- अर्जुनले ३७ बलमा अर्धशतक पूरा गर्दै ५० रन बनाए, जसमा ४ चौका र ३ छक्का सामेल थिए।
- उनी ३९ बलमा ५२ रन बनाएर क्याच आउट भए, जनकपुरका जान किकोल इस्टोनले क्याच लिए।
काठमाडौँ । चितवन राइनोजका अर्जुन साउदले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि अर्जुनले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनी ३९ बलमा ५२ रन बनाउँदै क्याच आउट भए ।
उनलाई जनकपुरका जान किकोल इस्टोनले क्याच आउट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण