हेटौंडा सडक विस्तारविरुद्ध स्थानीय घरधनीहरू आन्दोलनमा, जबरजस्ती पसल बन्द !
सारांश
- हेटौंडामा सडक विस्तारको विरोधमा स्थानीय घरधनीहरूले प्रदर्शन गरेका छन्, जसले बजार बन्द गराएको छ।
- सडक सीमाभित्र पर्ने संरचना भत्काउने भएपछि उचित मुआब्जाको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।
- जिल्ला प्रशासनले बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ र जबरजस्ती पसल बन्द गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
हेटौंडा । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनीहरू आन्दोलित भएका छन्। सडक सीमाभित्र पर्ने संरचना भत्काइने सूचनापछि मंगलबार बिहानैदेखि आक्रोशित स्थानीयहरूले मुख्य बजार क्षेत्रमा प्रदर्शन सुरु गरेका हुन्।
सरकारले राजमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर (हाल २५/२५ गज) सडक विस्तार गर्ने योजना अघि सारेपछि बासिन्दाहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले उचित मुआब्जाको माग गर्दै ‘नागरिकलाई उठिबास लगाउन पाइँदैन’, ‘बिना विकल्प डोजर आतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।
२५ गज चौडाइमा सडक विस्तार गरे सयौँ घर भत्किने र नागरिक सुकुम्बासी हुने भन्दै उनीहरूले संविधानले प्रदत्त सम्पत्ति अधिकार सुनिश्चित गर्न माग गरे। बजार क्षेत्रमा सडक चौडाइ १६ मिटर कायम गर्नुपर्ने वा विकल्पस्वरूप बाइपास सडक प्रयोग गर्नुपर्ने उनीहरूको माग छ। साथै, भत्काइने संरचनाको उचित मुआब्जा र क्षतिपूर्ति सुनिश्चित नभएसम्म डोजर चलाउन नदिने अडान लिएका छन्।
प्रदर्शनमा सहभागी घरधनी तथा व्यवसायीहरूले मुख्य राजमार्गमा नाराबाजी गर्दै बजारका पसलहरू जबरजस्ती बन्द गराएको आरोप लागेको छ। बिहान केही समय खुलेका पसल पनि आन्दोलनकारीहरूले सटर झार्न लगाएपछि बजार क्षेत्र पूर्ण रूपमा ठप्प भएको छ। उनीहरूले अनिश्चितकालका लागि व्यवसाय बन्द गर्न आह्वान गर्दै बुद्धचोक, सीमाचोक, बैंक रोड लगायत क्षेत्रमा र्याली पनि निकालेका छन् ।
तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। शान्तिपूर्ण विरोध गर्न पाइने भए पनि जबरजस्ती पसल बन्द गराउनु गैरकानुनी भएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए। उनले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिए।
अधिकारीका अनुसार बजार व्यवस्थापनका विषयमा व्यवसायी र घरबेटी गरी दुई पक्ष देखिन थालेका छन्। प्रशासनले २० गतेसम्मको समयसीमा तोके पनि केही घरबेटीहरूले व्यापारीलाई अनावश्यक दबाब दिइरहेको उनले बताए। जबरजस्ती बन्द गराउने तथा धम्की दिने समूहको निगरानीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
‘आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार कुण्ठित गर्न पाइँदैन। आन्दोलन गर्न पाइन्छ, तर अरूलाई हानी पुर्याउन मिल्दैन,’ सिडिओ अधिकारीले भने, ‘जबरजस्ती पसल बन्द गराउने गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइन्छ। व्यापारीहरू सारिन तयार देखिएका छन्। नारायणी मलमा २०० भन्दा बढी सटर बुक भइसकेका छन्। तर केही घरबेटीले अनावश्यक दबाब सिर्जना गरिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण