क्षतिग्रस्त संरचनाहरूकाे पुन:निर्माण गर्न ४ अर्ब बढीको सिफारिस, ९ सिँचाई आयोजना सूचीकृत
काठमाडौँ । गत असोजमा बेमौसमी वर्षाको कारण क्षति भएको ऊर्जा र सिँचाई क्षेत्रमा पुनःनिर्माण गर्न करिब ४ अर्ब ८ करोड लाग्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असोजमा गएको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका ऊर्जा तथा सिँचाइ क्षेत्रका संरचनाहरूको पुनर्निर्माणका लागि सरकारसमक्ष ४ अर्ब रुपैयाँभन्दा बढीको बजेट सिफारिस गरेको हो ।
प्राधिकरणले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना तथा संरचनाहरूमा पुगेको क्षतिको विवरण विश्लेषण गर्दै पुन निर्माणको लागि कुल ४ अर्ब ७ करोड ९३ लाख ४५ हजार रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सिफारिस गरिएको उक्त रकम जलस्रोत तथा सिँचाइ क्षेत्र, जल तथा मौसम विज्ञान विभाग र हाइड्रोपावर क्षेत्रमा भएको क्षतिको मर्मत सम्भारमा खर्च गरिनेछ ।
महतका अनुसार विशेष गरी सिँचाइ विभाग अन्तर्गतका विभिन्न ९ वटा आयोजनाहरूको मर्मतका लागि मात्रै ३३ करोड ४६ लाख १० हजार रुपैयाँ अनुमान गरिएको छ ।
बाढीले तराई र पहाडका महत्त्वपूर्ण सिँचाइ प्रणालीमा क्षति पुर्याएकाले किसानहरूलाई सिँचाइको अभाव नहोस् भन्नका लागि यी आयोजनाहरूको मर्मतलाई प्राथमिकतामा राखिएको छ ।
यी हुन् ९ सिँचाई आयोजना
प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार मर्मत सम्भारको सूचीमा रौतहट र सर्लाहीस्थित बागमती सिँचाइ आयोजना, सर्लाहीकै कमला सिँचाइ योजना, बारा र पर्सा कार्यक्षेत्र रहेको नारायणी सिँचाइ योजना तथा झापाको भूमिगत जल सिँचाइ योजना रहेका छन् ।
त्यस्तै पहाडी जिल्लातर्फ रामेछापको खानीखोला सिँचाइ योजना र सोही जिल्लाको दमदारा, छिटार, भर्याङटार तथा स्याटार सिँचाइ योजनालाई पनि बजेट माग सूचीमा समेटिएको छ ।
बर्दियाको राजापुर सिँचाइ प्रणाली, दाङको बृहत् दाङ उपत्यका सिँचाइ योजना र कास्कीको रागेचौर सिँचाइ योजना पनि बाढीबाट प्रभावित भएकाले तिनको पुनर्निर्माणका लागि बजेट प्रस्ताव गरिएको छ ।
ऊर्जा र सिँचाइ बाहेक कृषि क्षेत्रमा भएको क्षतिको विवरण भने भर्खरै मात्र प्राधिकरणमा प्राप्त भएको छ । कृषि मन्त्रालय अन्तर्गतका पूर्वाधारहरूमा भएको क्षतिको फाइल प्राप्त भइसके पनि त्यसलाई एकीकृत गर्ने काम बाँकी रहेको प्रवक्ता महतले जानकारी दिइन् ।
कृषि क्षेत्रको तथ्याङ्क प्रशोधन र विश्लेषण भइसकेपछि त्यसको पुनर्निर्माणका लागि लाग्ने आवश्यक रकम यकिन गरी अर्थ मन्त्रालयमा थप सिफारिस पठाइने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण