कोरियामा नेपालीलाई शरणार्थी भिसा लिन उक्साउने गतिविधि, बोल्यो दूतावास
काठमाडाैँ । कोरियामा नेपालीलाई शरणार्थी भिसा लिन उक्साउने गतिविधिप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
नेपाली राजदूतावास सउल, गणतन्त्र काेरियाले मंगलबार एक सूचना जारी गर्दै शरणार्थी भिसा लिन उक्साउने गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएकाे हाे ।
विभिन्न बहानामा पैसा असुल्ने र नेपाली नागरिकलाई शरणार्थी बन्न उक्साउने गतिविधि पूर्णतः अवैध रहेकाे दूतावासले जनाएकाे छ ।
सबै नेपाली नागरिकहरूलाई शरणार्थी भिसा (G-1) भिसा नलिन दूतावासले अनुरोध गरेकाे छ।
नेपाली राजदूतावास सउल, गणतन्त्र काेरियाद्वारा जारी सूचनामा भनिएकाे छ, 'दक्षिण कोरिया सरकारले अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकारको रक्षा वा अत्यावश्यक कानुनी तथा मानविय परिस्थितिको विशेष अवस्थामा मात्र प्रदान गर्ने शरणार्थी भिसाका लागि हालै उचित योग्यता वा आधार बिना नै झुठा कागजात तयार गरी गलत तरिकाले शरणार्थी आवदेन गर्ने क्रम बढ्दै गएको र कोरिया जान चाहने नेपाली नागरिकहरूलाई लक्षित गर्दै केही व्यक्तिहरू तथा समूहहरू टिकटक,फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत नेपालीलाई शरणार्थी भिसा प्रवृत्ति सम्बन्धि भ्रामक, गैरकानुनी र प्रलोभनपूर्ण विज्ञापन मार्फत अवैध भिसा व्यापारमा सक्रिय भएकोप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ।'
नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठाको संरक्षण दूतावासको प्राथमिक जिम्मेवारी रहेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
- G-1 (शरणार्थी) भिसा कोरिया सरकारले मानविय संकटमा परेका, उत्पीडन वा जोखिममा रहेका, तथा अन्तर्राष्ट्रिय संरक्षण आवश्यक परेका व्यक्तिहरूका लागि मात्र प्रदान गर्ने भिसा हो । यो सामान्य कामदार, विद्यार्थी वा पर्यटकका लागि होइन ।
- G-1 (शरणार्थी) भिसा आवेदन दिएका व्यक्तिहरूको राहदानी दूतावासबाट नवीकरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ।
- सामाजिक सञ्जालमा “G1 भिसा सहज छ”, “काम पाउन सजिलो हुन्छ", "स्थायी रुपमा बस्न मिल्छ” जस्ता प्रचार-प्रसार पूर्णत गलत र भ्रामक हुन् र यस्ता प्रचारप्रसारको पछाडी नलाग्न हामी अपील गर्दछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण