ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गरिने
काठमाडौँ । नेपाल हस्तकला महासङ्घले बुधबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर १७ गते बुधबारदेखि २१ गतेसम्म महोत्सवको आयोजना गरिएको जनाएको हो ।
महोत्सवमा हस्तकलाका सामग्री, नेपालका ६० र दक्षिण कोरियाका ४० मुखौटा, बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक लगायतको प्रदर्शनी रहने महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । उनले हाल देशको परिवर्तनशील अवस्थामा हस्तकला क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए ।
नेपाल सरकारले स्थानीय उत्पादन खरिद गर्ने निर्णय गरेपनि व्यवहारमा लागू हुन नसकेको र स्वदेशी बस्तुजस्तै देखिनै आयातित सामानले थप मर्कामा परेको उनले गुनासो गरे ।
अध्यक्ष शाक्यले बागमती प्रदेश सरकारले हस्तकला ग्राम नीति पारित गरेपनि कार्यविधि र नियमावलीमा अड्किएकाले थप अन्योल सिर्जना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण