शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीलाई दोस्रो सफलता, ४६ रनमा आउट भए जेसन रोय

मङ्गलबार, १६ मङ्सिर २०८२, १७ : २१
मङ्गलबार, १६ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले जेसन रोयलाई दोस्रो विकेटकाे रूपमा गुमाएको हो । 

रोयलाई कर्णालीका नन्दन यादवले ४६ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै पोखराले १७ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप