विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै छन्।
- विराटनगर किङ्स तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ भने लुम्बिनी लायन्सलाई प्लेअफको लागि जित्नैपर्ने दबाब छ।
- खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ, जसले प्लेअफ समीकरणमा प्रभाव पार्नेछ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । दुवै टोलीबिचको खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि पाँच खेल खेलेको विराटनगर किङ्स ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर आजको खेलमार्फत तालिकामा आफ्नो स्थान सुधार्ने लक्ष्यमा हुनेछ ।
समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
यसअघि नै सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब बाँकी तीन टोली प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन्।
आजको भिडन्त दुवै टोलीका लागि निर्णायक मानिएको छ, जसले तालिका र प्लेअफ समीकरणमा सिधा प्रभाव पार्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण