गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतले घट्यो
सारांश
- कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य ९ प्रतिशतसम्म घटेको छ।
- भारतीय र तराई गोलभेँडाको मूल्यमा गिरावट आएको छ, जबकि लोकल गोलभेँडाको मूल्य पनि घटेको छ।
- नेपाली ठुलो गोलभेँडा र सानो टनेल गोलभेँडाको मूल्य भने स्थिर रहेको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य एक दिनमै ९ प्रतिशतसम्म घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरणअनुसार सानो भारतीय गोलभेँडाको मूल्य ९.४१ प्रतिशतले घटेको हो ।
मंगलबार (हिजो) प्रतिकिलो ८५ रुपैयाँ औसत मूल्य रहेको सानो भारतीय गोलभेँडा बुधबार(आज) ७७ रुपैयाँ औसत मूल्य कायम भएको छ । यस्तै सानो तराई गोलभेँडा हिजो १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेकोमा आज ८.१९ प्रतिशतले घटेर ९६.४० रुपैयाँ औसत मूल्य रहेको छ ।
यस्तै लोकल सानो गोलभेँडा ५.८८ प्रतिशतले घटेर प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको छ । हिजो लोकल सानो गोलभेँडाको मूल्य ८५ रुपैयाँ प्रतिकिलो रहेको थियो ।
भारतीय ठुलो गोलभेँडा पनि ४.३५ प्रतिशतले घटेर ११० रुपैयाँ औसत मूल्य कायम भएको छ । हिजो ११५ रुपैयाँ रहेको थियो ।यस्तै नेपाली ठुलो गोलभेँडा र सानो टनेल गोलभेँडाको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण