विष्णु पौडेल भन्छन्– म महासचिव र अध्यक्षको उम्मेदवार हुन्नँ
सारांश
- एमाले उपाध्यक्ष विष्णु पौडेलले ११औँ महाधिवेशनमा अध्यक्ष र महासचिवको उम्मेदवार नहुने बताए ।
- उनले पार्टी जीवनमा कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी गरे ।
- पौडेलले आफू नेकपा एमालेको साधारण कार्यकर्ता मात्र भएको बताए, र केपी ओलीलाई सघाउने कुरा प्रस्ट पारे ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ११ पार्टीको ११औँ महाविधेशनमा आफू अध्यक्ष र महासचिवको उम्मेदवार नहुने बताएका छन् । साथै उनले पार्टी जीवनमा आफूले कुनै पनि जिम्मेवारीका लागि इच्छा व्यक्त नगरेको दाबी समेत गरेका छन् ।
बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले यस्तो दाबी गरेका हुन् । एमालेको ११ औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिनुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने, ‘मैले आफूलाई नेकपा एमालेको साधारण कार्यकर्तामात्र ठान्छु ।’
उनले एमालेका साढे ६ लाख कार्यकर्तामध्ये आफू पनि एक सदस्य भएको भन्दै आफूजस्ता हजारौँ हजार कार्यकर्ता रहेकाले आफ्नो ठाउँ के हुन्छ भनेर चिन्ता नगर्ने बताए ।
‘म जस्ता नेता कार्यकर्ताले मेरो पार्टीको भविष्य र स्थान के भनेर सोच्ने हो’, उनले भने, ‘कम्तीमा हजार कार्यकर्तामा पर्छु,त्यहाँ भित्र कुनै पनि ठाउँमा काम गर्छु ।’
तपााईंको इच्छा कुन पदमा हो भनेर सोधेको प्रश्नमा पौडेलले थप भने, ‘मेरो ट्रयाक रेकर्ड हेर्नुभयो भने कुनै पनि जिम्मेवारीका निम्ति इच्छा व्यक्त गरेको छैन । क्रस चेक गर्न सक्नुहुन्छ’, पौडेलको भनाइ छ ।
साथै उनले ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवार नहुने प्रस्ट बताए । ‘प्रस्ट भन्छु म महासचिवको उम्मेदवार होइन, किनभने म शक्तिशाली पार्टी नेकपाको महासचिव भैसकेको व्यक्ति हुँ’, पौडेलको भनाइ छ । साथै उनले आफूले केपी ओलीलाई सघाउने भएकाले अध्यक्षको उम्मेदवार पनि नहुने बताए । पौडेलले सकभर सहमतिमै नेतृत्व चयन हुने आफू विश्वस्त रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण