सिरहाका किसान पारिवारिक निजी वनतर्फ आकर्षित
सारांश
- सिरहाका किसान पारिवारिक निजी वन कार्यक्रममा आकर्षित भएका छन्, जसले आयआर्जन बढाउने सम्भावना देखाएको छ।
- किसानले बाँझो जमिनमा विभिन्न प्रजातिका बिरुवा लगाउन थालेका छन्, जसबाट छिटो आम्दानी लिन सकिनेछ।
- स्थानीय तहले निजी वनसँग सम्बन्धित ऐन, तालिम, र बजार व्यवस्थापनमा सहयोग बढाउनुपर्ने कुरामा जोड दिइएको छ।
सिरहा । घरेलु स्तरमा वन व्यवस्थापनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको पारिवारिक निजी वन कार्यक्रमप्रति यहाँका किसान आकर्षित भएका छन् ।
निजी जग्गामा फलफूलयुक्त, व्यावसायिक काठका प्रजाति तथा बहुउपयोगी बोटबिरुवा रोपेर दीर्घकालीन आय–आर्जन वृद्धि गर्न सकिने सम्भावना देखिएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
पारिवारिक निजी वन सङ्घ नेपाल सिरहाका अध्यक्ष रविन लामाका अनुसार जिल्लामा चुरे क्षेत्र भएर बग्ने बलान, बताहा र कमला गरी तीन वटा नदी प्रणालीअन्तर्गत २० वटा समिति निर्माण गरी किसानले बाँझो जमिनमा छिटो हुर्कने तथा धेरै आम्दानी प्राप्त विभिन्न २० प्रजातिका बिरुवा लगाउन थालेका छन् ।
आज लहानमा आयोजित एक कार्यक्रममा अध्यक्ष लामाले परिवारिक निजी वनको महत्व स्पष्ट पार्दै यसले कृषक परिवारलाई बर्सेनि स्थिर आय उपलब्ध गराउनुका साथै वातावरण संरक्षण, माटो कटान रोकथाम र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
उनले भने, “गाउँगाउँमा सञ्चालन भइरहेको नर्सरी र वन कार्यालयको सहुलियतपूर्ण कार्यक्रमले किसानलाई सजिलै बिरुवा उपलब्ध गराइँदै आएको छ ।”
उनका अनुसार सिरहाको दक्षिणी क्षेत्र जहाँ सामुदायिक वनसँगको पहुँच टाढा छ, उक्त क्षेत्रका सङ्गठित किसानले यस्ता बोटबिरुवा रोपेर पाँच–दश वर्षभित्र काठ, सुपारी, बाँस, जडीबुटी तथा फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्न सक्ने छन् ।
वन विशेषज्ञ तथा चुरे उत्थानशील आयोजना नेपालका उपप्रबन्धक विष्णुहरि पौड्यालले स्थानीय तहले पारिवारिक निजी वनसँग सम्बन्धित ऐन, प्राविधिक तालिम, अनुगमन तथा बजार व्यवस्थापनमा सहयोग बढाउनुपर्नेमा जोड दिए ।
उनले पारिवारिक निजी वनकर्तालाई नीतिगत प्रोत्साहन, मूल्य श्रृङ्खला विकास, वनजन्य उत्पादनको बजार पहुँच र प्रशोधन उद्योग विस्तार गरी ग्रामीण अर्थतन्त्रको आधार उकास्न सकिने धारणा राखे ।
पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन विस्तार हुँदै जाँदा आयआर्जन मात्र नभएर वन दबाब न्यूनीकरण र हरियाली वृद्धि भएको बताए ।
लहान—३२ का वडाध्यक्ष बद्री यादवले बलान नदीले तटिए क्षेत्रमा ठूलो कटान गरिकाले उक्त नदी उकास क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण