बारम्बार पब्जी नखेल्न भनिरहन्थिन् श्रीमती, तर उनकै हत्या गरेर फरार भए श्रीमान्
सारांश
- मध्य प्रदेशको रीवा जिल्लामा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन्, जसको कारण पब्जी खेल्नबाट रोक्नु थियो।
- श्रीमानले श्रीमतीको हत्या पछि कोठा बन्द गरी फरार भएका छन्, र प्रहरीले उनको खोजी गरिरहेको छ।
- घटनाको कारण श्रीमानको दाइजोको माग र पब्जी गेमको लतको विषयलाई लिएर भएको झगडा थियो।
मध्य प्रदेश । मध्य प्रदेशको रिवा जिल्लामा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् । घटनाको कारण खोज्दा पत्नीले उनलाई मोबाइलमा पब्जी गेम खेल्नबाट रोक्नु रहेको बताइएको छ ।
घटनापछि श्रीमान् कसैलाई जानकारी नदिई पत्नीको शव कोठामा छाडेर ढोका बन्द गरी भागेका छन् । श्रीमतीले बारम्बार दिक्क लगाएकै कारण पतिले उनको हत्या गरेका समाचारमा जनाइएको छ ।
भारतीय अनलाइन पत्रिका ललनटपमा अनुसार यो घटना रिवा जिल्लाको गुढ थाना क्षेत्रअन्तर्गत गुढवा गाउँको हो । यहाँका बासिन्दा रणजीतको विवाह नेहा पटेलसँग २०२५ मे ५ मा भएको थियो । रणजीतले लगातार दाइजोको माग गरिरहेको र नेहाका माइती पक्षले त्यो माग पूरा गर्न नसकेको बताइएको छ । यही विषयलाई लिएर रणजीत अक्सर आफ्नी पत्नी नेहासँग झगडा गर्थे । रणजीत कुनै काम पनि गर्दैनथे र मोबाइलमा पब्जी खेल्ने लतका कारण दिनभर व्यस्त रहन्थे ।
उनकी पत्नी नेहा यो कुराले निकै चिन्तित थिइन् । उनी रणजीतलाई कुनै कामधन्दा गर्न बारम्बार भनिरहन्थिन् । यही विषयलाई लिएर उनीहरूबिच प्रायः झगडा हुने गर्दथ्यो । समाचारहरूमा जनाइएअनुसार घटना भएको दिन पनि रणजीत अबेर रातिसम्म आफ्नो मोबाइलमा गेम खेलिरहेका थिए । त्यही बेला उनकी पत्नीले फेरि उनलाई गेम खेल्न छोडेर कुनै काम गर्न भनिन् । यसबाट रणजीत आक्रोशित भए र उनले गम्छा उठाएर नेहाको घाँटी निमोठेर हत्या गरेको आरोप छ ।
हत्यापछि फरार
घटनाको समयमा रणजीतका परिवारका सदस्यहरू अर्को कोठामा थिए र उनीहरूलाई यसको कुनै भेउ नै लागेन । पत्नीको हत्या गरेपछि रणजीतले कोठाको ढोका बाहिरबाट बन्द गरे र कसैलाई जानकारी नदिई त्यहाँबाट फरार भए । पछि उनले नेहाकी दिदीका पतिलाई मेसेज गरेर नेहालाई मारेको जानकारी दिए । हाल रणजीत कहाँ लुकेका छन् भन्ने पत्ता लागेको छैन । प्रहरी रणजीतको खोजीमा जुटेको छ ।
प्रहरीले मृतक नेहाका माइती पक्षको बयान पनि लिइसकेको छ र हरेक कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण