महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी
झापा । आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।
अर्जुनधारामा बुधबार भएको उद्घाटन खेलमा एपिएफले एभरेष्ट लुम्बिनी क्लबलाई पराजित गर्याे । एपिएफले एभरेष्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित गर्याे । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी नेविका चौधरी भइन् ।
आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्याे । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।
खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरियो ।
भोलि बिहीबारको पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार नगद पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण