सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिबन्धित लागूऔषध गाँजासहित युवक पक्राउ

बिहीबार, १८ मङ्सिर २०८२, ०८ : ४४
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • प्रहरीले उदयपुरको चौदण्डीगढीबाट गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सप्तरी कञ्चनरुपका २४ वर्षीय शिवशंकर राम रहेका छन्।
  • प्रहरीले उनको साथबाट ५ केजी १०० ग्राम गाँजा बरामद गरेको छ।

उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चौदण्डीगढी नगरपालिका–३ पैँतालिस चोकबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

उदयपुर वेलकाको रामपुरबाट सप्तरीको कञ्चनपुर तर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका–९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट ५ केजी १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ ।  निजलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप