चुनाव जितेपछि नाम फेर्न खोज्दैछन् नामिबियाका ‘एडोल्फ हिटलर’
सारांश
- नामिबियाका एक नेता एडोल्फ हिटलरले आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेका छन्।
- उनले आफ्नो नामको पछाडि हिटलर शब्द दोस्रो विश्वयुद्ध र होलोकास्टसँग जोडिएको महसुस गरे।
- उनले आफ्नो नाम एडोल्फ उनोना राख्न चाहेका छन्, जसले नाजी विचारलाई समर्थन गर्दैनन्।
दक्षिण अफ्रिकी मुलुक नामिबियामा एक जना लोकप्रिय नेता छन् । उनको नाम हो– एडोल्फ हिटलर । उनी पछिल्ला प्रत्येक निर्वाचनमा क्षेत्रीय नेताका रूपमा विजयी हुँदै आएका छन् । पाँचौँ पटक निर्वाचित भएपछि भने उनलाई आफ्नो नाम फेर्नैपर्ने अनुभूति भएको छ ।
उत्तरी ओशाना क्षेत्रको ओमपुण्डजामा सन् २००४ देखि अनवरत क्षेत्रीय काउन्सिलरका रूपमा निर्वाचित हुँदै आएका उनी यसपटक भने आफ्नो नाम फेर्न लागेका छन ।
बाँकी संसारमा उनको नाम झट्ट सुन्नासाथ मानिस तरङ्गित हुने गरेता पनि आफ्नो क्षेत्रमा भने उनी धेरै समयदेखि रङ्गभेद विरोधी आन्दोलनका अभियन्ता एवं सक्रिय स्थानीय नेताका रूपमा सम्मानित छन् ।
आफ्नो कामले गर्दा नामिबिया भन्दा बाहिर पनि चर्चा हुन थालेपछि उनलाई असहज हुन लागेको स्थानिय सञ्चार माध्यमलाई बताएका छन् । त्यसैले उनी भन्छन्, ‘अब म नाम फेर्ने सुरमा छु ।’
त्यसैले उनी सरकारी कागजातहरुमा आफ्नो नाम ‘एडोल्फ उनोना’ मात्रै लेखाउन प्रबन्ध मिलाई रहेका छन् । उनोनाका अनुसार उनका बाबुले नाम राख्ने क्रममा ‘हिटलर’को विश्वव्यापी अर्थ तथा त्यससँग जोडिएका अमानवीय कथाबारे जानकार थिएनन् ।
उनी आफैले पनि बाल्यकालमा हिट्लरलाई सामान्य नाम जस्तै बुझेका थिए । तर बिस्तारै उनलाई आफ्नो नामले दोस्रो विश्वयुद्ध, युरोपमा फैलिएको विनाश र होलोकास्टसँग जोडिएको यथार्थ थाहा भयो । तर, उनी कुनै पनि कोणबाट नाजी विचारको समर्थन गर्दैनन् ।
त्यति मात्रै नभएर उनी आफ्ना राजनीतिक मान्यता नामिबियाको स्वतन्त्रता संघर्ष र स्थानीय विकासमा आधारित भएको बताउँछन । उनी घृणा, नश्लवाद र जातिद्वेषको विरुद्धमा सक्रियतापूर्वक उभिन्छन् । नजिकका मानिसले सधैँ उनलाई ‘एडोल्फ’ भनेर नै बोलाउने गरेका छन् ।
तर, त्यसमा हिटलर जोडिँदा भने उनी आफै त्यसले दोस्रो विश्वयुद्धको विभिषिकालाई सम्बोधन गर्न पुग्ने ठान्छन् । त्यसैले उनलाई पुरै नाम भन्दा पनि पछाडिको हिटलर भन्ने शब्द फेर्न मन छ । त्यसैले उनी आफ्नो नाममा ‘उनोना’ जोड्न चाहन्छन् ।
उनको नाम यस्तो हुनुमा अफ्रिकामा लामो समय चलेको उपनिवेशकै कथा जोडिन आइपुग्छ । सन् १८८४ मा जर्मनीमा भएको ‘वर्लिन कन्फरेन्स’ ले अफ्रिकाको भागवण्डा गर्यो । त्यहाँ कुनै अफ्रिकी प्रतिनिधि थिएनन् । केवल युरोपका औपनिवेशिक शक्तिहरूले टेबलमा राखिएको अफ्रिकाको नक्सामा कोरेर अफ्रिकी भूगोललाई आफ्नो उपनिवेश बनाएका थिए ।

त्यसो गर्दा नामिबिया जर्मनीको हिस्सामा पर्यो । कुनै समय नामिबियालाई जर्मन पश्चिम दक्षिण अफ्रिका पनि भनिन्थ्यो । त्यहाँ लामो समय जर्मनीको हैकम कायम रह्यो ।
इतिहासकारहरूले सन् १९०० को सुरुवाततिर हेरोरो, नामामा तथा सान समुदायमाथि जर्मन सेनाले गरेका अत्याचारहरूलाई ‘बिर्सिएको नरसंहार’ समेत भनेका छन् ।
त्यसैकारण आज पनि नामिबियाका कतिपय क्षेत्रमा अहिले पनि जर्मन शैलीका नाम सामान्य मानिन्छन् । त्यसै पृष्ठभूमिमा उनोनाका पीताले उनको नाम ‘एडोल्फ हिटलर’ राखेका थिए ।

स्वाभाविक रूपमा उनका बुबालाई त्यसको ऐतिहासिक अर्थ भने थाहा थिएन । तर, अन्तर्राष्ट्रिय समाचारहरूमा उनको नाम भने पटक–पटक ठट्यौलीका रूपमा प्रयोग गरियो ।
त्यसैले पछिल्लो समय विजय हासिल गरेपछि उनी आफ्नो नाम– एडोल्फ उनोना राख्न चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण