भिम र चाल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य
काठमाडौँ । भिम सार्की र बेन चाल्सवर्थको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो ।
काठमान्डुका लागि भिम र चाल्सवर्थले अर्धशत पूरा गरे । चाल्सवर्थले ६४ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका चाल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका लागि भिम सार्कीले ५५ रनको अर्धशतकीय पारी खेले । २२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै काठमान्डुका लागि मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै १६ रन खर्चे । त्यस्तै कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै काठमान्डु प्लेअफमा पुग्न चाहन्छ । काठमान्डुले ६ खेलबाट ८ अंक जोडेको छ । यता, पोखरा आजको खेलमा जित निकाल्दै प्लेअफको सम्भावना अझै बलियो बनाउन चाहन्छ । पोखराको पाँच खेलबाट चार अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण