प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान
बिहीबार, १८ मङ्सिर २०८२, १३ : ५४
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाइन्।
- बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ, जसमा राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ।
- सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ, जसको लागि वातावरण बनाउन कार्की सक्रिय छिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो ।
बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण