सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सारांश
- नख्खु कारागारमा सभापति रवि लामिछानेले आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरे।
- उनले जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।
- भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा छलफल भयो।
काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । आज कारागार भेट्न पुगेका अभियन्ता गुरुङसँगको कुराकानीका क्रममा लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका हुन् ।
भेटबारे जानकारी दिँदै गुरुङले भने, ‘उहाँले आफूमाथि अन्याय भएको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’ लामिछानेले अहिले चलिरहेको ‘जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।
‘मुख्यतः दुई वटा कुरामा छलफल भयो, पहिलो जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को रवि लामिछाने विरुद्ध राज्यले प्रतिशोध साँधेको भन्ने विषयमा उहाँले भन्नुभयो’ गुरुङले भने । लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङले भने– ‘हामी जेनजीको साथमा छौँ, उहाँहरूको माग र आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहनेछ ।’
करिब एक घण्टा चलेको उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले आफूले भेट्न वातावरण मिलाएको भएता पनि सँगै नगएकोले भित्रको कुरा थाहा नभएको बताए । ‘भित्र त म गइनँ, भेट्ने वातावरण मिलाउन आग्रह भएपछि भेट भएको हो । साढे २ बजेदेखि भेट भएको थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण