सिपी गजुरेलको पार्टीले निर्वाचन बहिष्कार गर्ने
काठमाडौँ । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ ।
मंसिर १६–१७ गतेसम्म चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार भरतपुरमा सार्वजनिक गर्दै चुनाव बहिष्कार गर्ने जनाएको हो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अमेरिकी योजनामा बनेको कठपुतली सरकार’ भन्दै आएको यो पार्टीले निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ ।
पार्टीको साङ्गठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने महासचिव गजुरेलले जानकारी दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबिच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा आन्दोलन अगाडि बढाउने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण