अमेरिकाको म्युजियम अफ द मुभिङ इमेजमा फिल्म ‘एक्लो’ को प्रिमियर हुने
सारांश
- नेपाली फिल्म 'एक्लो' अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुने भएको छ।
- फिल्मको प्रिमियर डिसेम्बर २८ मा हुने र निर्देशक प्रदीप शाहीसहित कलाकारहरू सहभागी हुनेछन्।
- 'एक्लो' साइन्स-फिक्सनमा आधारित फिल्म हो, जुन पुस १७ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शन हुनेछ।
काठमाडौँ । नेपाली फिल्म ‘एक्लो’ को अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुने भएको छ । हलिउडका केही विशिष्ट फिल्महरू र विश्वप्रसिद्ध कलाकारहरूको फिल्म मात्र प्रिमियर हुने यस स्थानमा फिल्म ‘एक्लो’ले सो अवसर पाएको हो ।
क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका विशेष प्रोजेक्टका साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स, मेरिल स्ट्रिप जस्ता अन्तर्राष्ट्रिय स्टारका फिल्म प्रिमियर हुने सो स्थानमा एक्लोले पनि अवसर पाएको हो । फिल्मको प्रिमियरको समय डिसेम्बर २८ तारिख तय भएको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
प्रिमियरमा फिल्मका निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले सहभागिता जनाउनेछिन् । निर्देशक शाहीका अनुसार म्युजियम अफ द मुभिङ इमेजको हलमै फिल्म प्रदर्शन हुनु नेपाली फिल्मका लागि लागि ठुलो सम्मानको कुरा हो ।
साइन्स–फिक्सनमा आधारित ‘एक्लो’ सार्वजनिक प्रदर्शन पुस १७ गतेदेखि नेपालसहित विश्वका केही देशमा हुँदैछ । निर्देशक शाही निर्देशित यो तेस्रो फिल्म हो ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय छ । साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्त्वपूर्ण भूमिकामा फिल्ममा देख्न सकिन्छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण