भदौ २३ र २४ को घटना नेपालको इतिहासमा तेस्रो प्रतिक्रान्ति : बादल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गते भएको घटना तेस्रो प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले २००७ सालको परिवर्तनलाई १७ सालमा महेन्द्रले उल्ट्याएर पहिलो प्रतिक्रान्ति गरेको बताए ।
तर त्यसलाई २०४६ सालमा नागरिक सरकार बने पनि त्यसपछि २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर दोस्रो प्रतिक्रान्ति गरेको भन्दै २०८२ भदौको घटना तेस्रो प्रतिक्रान्तिका रूपमा पार्टीले व्याख्या गरेको बताए ।
उनले प्रतिक्रान्तिलाई परास्त गर्दै लोकतन्त्र स्थापना गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने भन्दै पार्टीले समेत सोही अनुसार निर्णय गरेको बताए । उनले प्रतिक्रान्तिलाई वैधता र पूर्णता दिन प्रतिगामी शक्तिहरू लागिरहेको भन्दै लोकतन्त्र स्थापनाका लागि भूमिका खेलेका राजनीतिक दलभित्र पनि प्रतिक्रान्तिको प्रयास भइरहेको बताए ।
‘जेलेन्स्कीहरुको सरकार बनाएर प्रतिक्रान्तिले वैधता पाउँछ भनेर प्रतिगामीहरू अघि बढेका छन्’, नेता थापाले भने, ‘यस्तो अवस्थामा मुख्य दलहरूको महाधिवेशन हुन लागेको छ । यहाँबाट शीर्ष नेतृत्व विस्थापित गर्ने र अनुकूलको नेतृत्व स्थापित गर्ने रणनीति प्रतिगामीहरूको छ ।’
उनले मुलुकको विकसित राजनीतिक घटनाक्रमहरूलाई मध्यनजर गर्दै एमालेले एकताको महाधिवेशन भनिरहेको बताए । बादलले भने, ‘नेतृत्वको रक्षा गरेर मात्र प्रतिक्रान्तिकारी षड्यन्त्र चिर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण