आबेका हत्याराले माफी मागे, श्रीमती अकिएसँग ‘गहिरो पश्चात्ताप’ व्यक्त
सारांश
- जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याका अभियुक्तले आबेको परिवारसँग माफी मागेका छन्।
- अभियुक्त यामागामीले अदालतमा 'गहिरो पश्चात्ताप' व्यक्त गर्दै ३.५ वर्षको पीडाको लागि माफी मागे।
- आबेलाई युनिफिकेसन चर्चसँगको सम्बन्धको कारण हत्या गरिएको थियो, जसले परिवारलाई असर गरेको थियो।
टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याका अभियुक्त तेत्सुया यामागामीले आबेको परिवारसँग पहिलो पटक माफी मागेका छन् । हत्याको अभियोग स्वीकार गरिसकेका यामागामीले बिहीबार अदालतमा आबेकी पत्नी अकिएसँग ‘गहिरो पश्चात्ताप’ महसुस गरेको बताए ।
यामागामीले २०२२ जुलाई ८ मा पश्चिमी सहर नारामा एक राजनीतिक प्रचार कार्यक्रमका क्रममा आबेलाई घरेलु बन्दुक प्रयोग गरी गोली हानेका थिए । आबेको सोही दिन अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युले विश्वभर स्तब्धता छाएको थियो ।
स्थानीय मिडियाका अनुसार यामागामीले बिहीबार अदालतमा भने, ‘मैले (परिवारलाई) साढे तीन वर्षको पीडा दिएँ... मसँग कुनै बहाना छैन ।’
उनले अनुसन्धानकर्ताहरूलाई बताएअनुसार, पूर्वप्रधानमन्त्री आबेले युनिफिकेसन चर्चलाई कथित रूपमा बढवा दिएको आरोपमा उनले आक्रमण गरेका थिए । यामागामीले सो चर्चका कारण आफ्नो आमा र परिवार दिवालिया बनेको बताएका थिए ।
यामागामीको आरोपपछि युनिफिकेसन चर्चमाथि छानबिन सुरु भएको थियो । यो चर्च दक्षिण कोरियाबाट सुरु भएको हो र सामूहिक विवाहका लागि परिचित छ । यसै वर्ष मार्चमा टोकियोको एक अदालतले चर्चलाई भङ्ग गर्न आदेश दिएको थियो । यद्यपि चर्चले सो निर्णयविरुद्ध ‘अन्तिमसम्म लड्ने’ जनाएको छ ।
आबेका हजुरबुबा नोबुसुके किशी, जो जापानका पूर्वप्रधानमन्त्री पनि थिए, उनी कम्युनिस्ट विरोधी नीतिका कारण युनिफिकेसन चर्चसँग नजिक रहेको मानिन्थ्यो । आबे स्वयं पनि सो समूहसँग सम्बन्धित कार्यक्रमहरूमा बोलेका थिए ।
गत महिनाको सुनुवाइमा सरकारी वकिलहरूले आबेकी पत्नी अकिएको एक बयान पढेर सुनाएका थिए, जसमा उनले लेखेकी थिइन्, ‘श्रीमान् गुमाएको पीडा कम हुनेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण