सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

शनिबार, २० मङ्सिर २०८२, ०५ : २०
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • आज काठमाडौंका पशुपतिनाथ, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीमा बिजुली काटिनेछ।
  • प्राधिकरणका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म बिजुली काटिनेछ।
  • विद्युत् आपूर्ति बन्द हुँदा प्राधिकरणले ग्राहकसँग क्षमा मागेको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । 

विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठ बजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । 

मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दीर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ । 

यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप