बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले दियो पार्टीको निर्वाचन समितिलाई पूर्णता

आइतबार, २१ मङ्सिर २०८२, १५ : ५८
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार निर्वाचन समितिका रिक्त दुई पदमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई मनोनयन गरेका हुन् ।

वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती संयोजक रहेको समितिमा अधिवक्ता एगराज पोखरेल र अधिवक्ता तेज रावल सदस्य थिए । आइतबार दुई सदस्य थप गरेपछि ५ सदस्यीय भएर पूर्ण भएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा व लाई सदस्यमा मनोनयन गर्नु भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?