समानुपातिक निर्वाचन प्रयोजनका लागि आयोगमा ३३ दल दर्ता
आइतबार, २१ मङ्सिर २०८२, १७ : १३
काठमाडौँ । आगामी फागुन २१ गते तय भएको समानुपातिक अन्तर्गत ११० निर्वाचन क्षेत्रका लागि निर्वाचन आयोगमा ३३ दल दर्ता भएका छन् ।
समानुपातिकतर्फ आयोगले दल दर्ताका लागि मंसिर २१ देखि २३ गतेसम्मको समय सीमा दिएको थियो ।
पहिलो दिन नेपाली कांग्रेस, जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत नयाँ–पुराना दल गरी ३३ दलले दर्ता गराएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले दल दर्ता गराएका छन् ।
यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल चुनाव चिन्ह प्रयोग गर्ने गरी आयोगमा दल दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण