१९औँ सुदूरपश्चिम महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्रीले उद्घाटन गर्ने
धनगढी । सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक पहिचान झल्काउने उद्देश्यले आयोजना गरिँदै आएको सुदूरपश्चिम महोत्सवको १९औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन हुने यो महोत्सवको सोमबार (भोलि) अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आयोजक संघका अनुसार पुस २ गतेसम्म चल्ने यस महोत्सवमा करिब ३ करोड रुपैयाँ लगानी गरिएको छ भने १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखिएको छ ।
महोत्सवस्थलमा कृषि, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक र होटललगायत ५ सय वटा स्टलहरू रहनेछन् । यसपटक कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी कुल ५५ वटा स्टलहरू निःशुल्क उपलब्ध गराइएको छ ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी तथा खेलाडीका लागि ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई भने प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर करिब ७ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
२०६३ सालमा सुदूरपश्चिमको विकासका लागि २१ बुँदे माग राख्दै सुरु भएको यो महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण