एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।
आइतबार भर्चुअलरुपमा बसेको बैठकले १२ एनआरएनएको १२ औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । समितिका सदस्य तथा निवर्तमान अध्यक्ष आरके शर्माले उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको जानकारी दिए ।
निर्वाचन समितिमा कार्कीसहित ७ जना रहने छन् । यसैगरी बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ ।
यसैगरी आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आजको बैठकले गरेको उनले बताए ।
त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिवद्वय बीआर लामा र गौरीराज जोशीलाई दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
११ सदस्यीय स्टेरिङ कमिटीमा अध्यक्षद्वय महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, निवर्तमान विनोद कुँवर, आरके शर्मासहित सदस्यहरु विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।
आजको बैठकमा संघका अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिवद्वय लामा र जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको यो पहिलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण