महाराजगञ्जको प्रहरी वृत्त पुनर्निर्माणमा पाकिस्तानी दूतावासको सहयोग
काठमाडौँ । प्रहरी वृत्त महराजगञ्जको पुनर्निर्माणमा नेपालस्थित पाकिस्तानी दूतावासले सहयोग गरेको छ ।
कार्यालयको एउटा भागको पुनर्निर्माण र सुसज्जित कार्यालय कक्ष निर्माण गरेर दूतावासले प्रहरीलाई हस्तान्तरण गरेको हो । आइतबार नेपाल स्थित पाकिस्तान दूतावासले पुनर्निर्माण गरिएको कार्यालय हस्तान्तरण गरेको छ ।
रक्षा अताशे कर्नल हाजिर उर रहमान र दूतावासका चान्सरी प्रमुख जागिर खानले जेनजी प्रदर्शनमा आगजनी गरिएको कार्यालय कक्षा पुनर्निर्माण गरेर प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापालाई हस्तान्तरण गरे ।
महाराजगञ्ज आसपासको समुदायलाई सुरक्षित राख्न आफ्नो जीवन समर्पण गर्ने प्रहरीप्रति सम्मान व्यक्त गर्ने प्रयास स्वरूप पुनर्निर्माणमा सहयोग गरिएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।
दूतावासले पुनर्निर्माणसँगै प्रहरीको कार्यालय सञ्चालनमा आवश्यक फर्निचर पनि सहयोग गरेको छ । सो सहयोगबाट कार्यालय सञ्चालनमा सहजता हुने विश्वास व्यक्त गरिएको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण