महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने
सारांश
- एमालेले महाधिवेशनमा आउने प्रतिनिधिहरूको लागि बसोबासको व्यवस्था मिलाएको छ।
- टाढाबाट आउने प्रतिनिधिहरू नेता तथा कार्यकर्ताको घर र कोठामा बस्ने प्रबन्ध मिलाइएको छ।
- करिब २२०० प्रतिनिधि सहभागी हुने महाधिवेशन काठमाडौँमा मंसिर २७ देखि २९ गतेसम्म हुनेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ।
यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको प्रबन्ध मिलाएको हो।
कमिटीका सचिव आरसी लामिछानेले बस्न र खानाको समस्या हुने प्रतिनिधिहरूलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको बताएका छन्। उनले भने, "यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर हामीले काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ।"
अहिले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिहरूको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए।
यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन्। पार्टीले आवासको व्यवस्था नगरेकाले यसपटक प्रतिनिधि शुल्क पनि कम तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिहरूलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई दुई हजार रुपियाँ शुल्क तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण