फिल्म ‘लोकन्ती’ को गीत सार्वजनिक
सारांश
- आगामी शुक्रबार प्रदर्शनमा आउने फिल्म 'लोकन्ती' को गीत सार्वजनिक भयो।
- गीतमा यसराज गराच, ऋचा थापा लगायत कलाकारको अभिनय रहेको छ।
- फिल्मको निर्देशन रञ्जित रानाले गरेका हुन् भने निर्माता सन्तोष न्यौपाने हुन्।
काठमाडौँ । आगामी शुक्रबार (मङ्सिर २६) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लोकन्ती’ को शीर्षक गीत ‘जन्ती लाई मन पर्यो लोकन्ती’ सार्वजनिक गरिएको छ ।
रोमान्टिक डान्सिङ्ग नम्बरको रुपमा सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार यसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारीको अभिनय छ । गीतमा कविर सिंह ठकुरीको स्वर र सन्दीप डाँगीको शब्द, संगीत छ ।
परिवार, प्रेम, संघर्ष, शान्तिको बिषयमा निर्माण भएको फिल्म रञ्जित रानाले निर्देशन गरेका हुन् । कृशन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सन्तोष न्यौपाने हुन् ।
फिल्ममा यसराज र ऋचाको अलवा विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभा लगायत कलाकारहरूको मुख्य भूमिका छ । काजी लिम्बुले लेखन रहेको फिल्ममा संगीत विकास चौधरी, छायाङ्कनमा रोनिश तामाङ च्याङ्बा र सम्पादन गौतमराज खड्काको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण