शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘संकट पछिको अर्थतन्त्र : अवसर र चुनौती’ राष्ट्रिय प्यानल डिस्कसन सम्पन्न

सोमबार, २२ मङ्सिर २०८२, १२ : ४०
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • बिर्तामोडमा 'संकट पछिको अर्थतन्त्र' विषयक राष्ट्रिय प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भयो।
  • सभामुख देवराज घिमिरेले सरकार ऋण लिनुपर्ने अवस्था आएको र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए।
  • कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र पत्रकारहरूको सहभागिता रहेको थियो, जसले आर्थिक अवस्थाबारे छलफल गरे।

झापा । बिर्तामोडमा ‘संकट पछिको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक राष्ट्रिय प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजको आयोजनामा सञ्चालन भएको डिस्कसन कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले देशको राजश्व सङ्कलन कमजोर बन्दा सामान्य खर्च धान्नसमेत सरकारले ऋण लिनुपर्ने अवस्था आएको टिप्पणी गरे । मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक दलबिच विश्वासको कमी बढिरहेको र आगामी निर्वाचनको विषयमा अनावश्यक शङ्का उत्पन्न भइरहेको चिन्ता व्यक्त गरे । ‘निर्धारित समयमा निर्वाचनबारे गम्भीर संवाद हुनुपर्ने बेला दलबिच अविश्वास बढ्नु देशलाई अनिर्णयको अवस्थातिर लैजाने खतरा हो,’ सभामुख घिमिरेले भने ।

कार्यक्रममा लिड नेपालका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार राजेन्द्र बानिया, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समग्र देशको आर्थिक अवस्था, वर्तमान चुनौती र भावी सम्भावनाबारे गहन छलफल गरेका थिए ।

नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताले अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्दै आर्थिक विकासका लागि स्थिरता, सकारात्मक सोच र जिम्मेवार नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

औपचारिक सत्रपछि ‘संकट पछिको देशको अर्थतन्त्र : अवसर र चुनौती’ विषयमा प्यानल डिस्कसन गरिएको थियो । पत्रकार राजेन्द्र बानियाको सहजीकरणमा सम्पन्न प्यानलमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी थिए । उनीहरूले मौद्रिक नीति, निजी क्षेत्रको अवस्था, लगानी प्रवाह र आर्थिक सुधारका दिशा–निर्देशनबारे महत्त्वपूर्ण विश्लेषण प्रस्तुत गरे ।

कार्यक्रममा वीरता जेसीजका सङ्घ–संस्था समन्वय संयोजक तथा कार्यक्रम संयोजक भूपेन्द्र भण्डारीले स्वागत मन्तव्य राखे भने आस्था वाचन कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ ‘एलसी’ले गरेका थिए। खेलकुद संयोजक विवेक खड्काले मिसन–भिजन प्रस्तुति गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, उद्योगी व्यवसायी उदय चापागाईं, वीरता जेसीजका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार एकराज गिरी लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिका अध्यक्ष बलदेवसिंह गोम्देन, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, जिल्ला प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, गण सेनानी सुमन विष्ट, राष्ट्रिय अनुसन्धान उपनिर्देशक उमेश पाण्डे, एक्सल डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख डा.इन्द्रराज कट्टेल, भद्रपुर जेसीसका अध्यक्ष शैलेस श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, गोर्खा टिका सञ्चालक उदय चापागाईं, वीरता जेसीजका पूर्व अध्यक्षहरू विभिन्न शाहका शाखा अध्यक्षहरू, सङ्घ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रम वीरता जेसीसका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सञ्चालन भएको थियो । महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप